म्याग्दीमा अबको लकडाउन मोडालिटी ‘लुजडाउन’,बैंक तथा वित्तिय संस्था सातामा ६ दिन खुल्ने

बेनी। म्याग्दीमा लकडाउन ( निषेधाज्ञा) एक साता थपिएको छ । असार १ गतेदेखिको लकडाउनलाई खुकुलो बनाइने भएको छ  । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनलाई थप खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी अतिआवश्यक बाहेकका सेवाहरुमा खुकुलो बनाउदै लकडाउनलाई निरन्तरता दिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

जिल्लामा बैंक , वित्तिय संस्था तथा सहकारीहरु असार १ गतेदेखि ७ गतेसम्म विहान ८ बजेदेखि १२ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरेर खुल्ला हुनेछन्  ।

खाद्यान्न, कृषि औजार, मल, विउविजन, स्थानीय उत्पादित तरकारी, दुध, डेरीजन्य उत्पादन, हार्डवयर, पुस्तक तथा स्टेशनरी पसलहरु ५ बजेदखि ११ बजेसम्म स्वास्थ्य सामाग्री प्रयोग गरेर खुलाउने निणर्य गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

औषधी पसलहरु नियमित रुपमा खुल्ने छन् । सरकारी कामकाज लागि सरकारी सवारीसाधनहरु बाहेक सार्वजनिक वा नीजि सवारीसाधनहरु संचालन गर्न पाईने छैन् । जिल्लामा सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, मानिसहरु भेला, भिडभाड, जुलुस र महोत्सव नगर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार