दरबाङ बजार म्याग्दी नदी कटानको चपेटामा : दरबाङ र टोलाबाङका सात घर उच्च जोखिममा, २४ जनालाई सुरक्षित स्थानमा सारियो

दरबाङ । म्याग्दी नदीको कटानका कारण म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ मा सात घ उच्च जोखिममा रहेका छन् । नदी कटानले दरबाङ बजार जोखिममा रहेको छ । ईलाका प्रहरी कार्यालय म्याग्दीका अनुसार उच्च जोखिममा रहेका दरबाङ र टोलाबाङमा सात घरका २४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

 

दरबाङका पानमति राना ,मनलाल पुन ,जङ्गबहादुर पुन  ,मनबिर सिउंथानी ,तोलाबाङका पुर्ण बिक र दिलकुमारी पौडेलको घर नदी कटानको उच्च जोखिममा रहेको ईप्रका दरबाङका प्रमुख  प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानो झोलुङ्गे पुल समेत नदी कटानको उच्च जोखिमा रहेको छ ।

यसैगरी नदी कटानका कारण जनप्रिय माविको दुई कोठे भवन र खेलमैदान ,लगायत नदी किनारमा रहेका पसल जोखिममा रहेका वडा अध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो । अविरल रुपमा परेको बर्षाका कारण म्याग्दी नदीमा सतह बढेको छ ।गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले बर्षाका कारण बाढी पहिरो लगायत प्राकृतिक प्रकोपको जोखिम बढेको , खोला ,नदीमा पानीको सतह बढेको भन्दै उच्च सतर्कता अपनाउन गाउँपालिका बासीलाई आग्रह गर्नुभएको छ ।

 

सबै तस्विर : म्याग्दी न्युज डट्कम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार