रुममा बाढी –पहिरोको कहर : विद्युत गृह सहित चार घर बगायो ,१४ घर उच्च जोखिममा

बेनी । अविल रुपमा परेको भारि बर्षाका कारण बाढी–पहिरोले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ मा ठुलो क्षती पु¥याएको छ । वडा अध्यक्ष नरबहादुर पुनका अनुसार बुधबार खोलामा आएको बाढी र पहिरोले विद्युत गृह सहित चार घर बगाएको छ भने १४ घर पहिरोको उच्च जोखिमा रहेका छन् । बेलीमा पुनमला कामी ,देउबहादुर कामी ,खहरे खोलाका टेकबहादुुर हर्मेल र रुमकी रैमति बिकको घर बगाएको हो । त्यस्तै २२ किलोवाट क्षमताको पात्लेखहरे लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाएको छ । विद्युतगृहको सामग्री भने निकालिएको छ ।

यसैगरी बेलीमा थामी कामी, रनबहादुर दमाई ,बिर्ख बहादुर कामी ,सकबहादुुर कामी ,खडकमान बिक ,रनबहादुर हर्मेल ,जगबहादुर कामी ,सुरबिर कामी ,थक बहादुर कामी , लालु पुन ,ताराबहादुर पुन र अम्मर बहादुर पुन ,जेममा दुर्गे पुन र भरीबहादुर कामीको घर उच्च जोखिममा रहेका वडा अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार, विस्थापित परिवारलाई छिमेकीको घरमा सारिएको छ । ‘अविरल रुपमा परेको बर्षाका कारण जमिन भासिएर ,बाढी–पहिरोले विद्युतगृह लगायत विभिन्न बस्तीमा ठुलो क्षती पु¥याएको छ ,’पुनले भन्नुभयो ,‘प्रभावित परिवारलाई उद्धार गरेर छिमेककीको घरमा सारेका छौ ।’् विद्युतगृह बगाउँदा ३६० घरधुरी अन्धकारमा बस्न बाध्य भएको उहाँको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार