मेलम्ची आयोजनामा कार्यरत एक भारतीय नागरिकको शव फेला

काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीबार सिन्धुलीमा थप एक जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटिएको हो । ‘बिहान एक जना चिनियाँ नागरिकको शव भेटिएको थियो, अहिले एक जना भारतीय नागरिकको पनि भेटियो’ उहाँले भन्नुभयो, ‘पोष्टमार्टमका लागि पठाउने तयारी छ ।’

यसअघि सिन्धुपाल्चोकमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झुको शव भेटिइसकेको छ । घटनामा कम्तिमा १९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार