तल्लो महटौकामा पहिरोले एक घर पुरियो ,पाँच घर उच्च जोखिममा (तस्विर सहित)

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित तल्लो महटौकामा पहिरोले एक घर पुरिएको छ भने पाँच घर उच्च जोखिममा रहेका छन् । ओखरबोटका तुलप्रसाद पुनका अनुसार केही दिनयतादेखी परेको अविरल बर्षाका कारण आएको पहिरोमा मैकुते बिकको घर पुरिएको छ ।

विस्थापित बिकको परिवारलाई छिमेकीको सारिएको उहाँले बताउनुभयो । यसैगरी श्यामे पटेल ,दिपक पटेल ,भिमलाल श्रीपाली ,जिते बराईली र खड्क बहादुर पटेलको घर बस्ती माथिबाट खसेको पहिरोको उच्च जोखिममा रहेका पुनले जानकारी दिनुभयो ।उहाँका अनुसार विस्थापित परिवारलाई छिमेकीको घरमा सारिएको छ । त्यसैगरी वडा नम्बर ४ का विभिन्न ठाउँमा पहिरो गएको उहाँले बताउनुभयो ।
तस्विर सौजन्य ः तुलप्रसाद पुन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार