पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना संक्रमण , ४२ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ आरटी पिसिआर र ४ हजार ९ सय ९२ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय ४४ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३५ हजार १ सय ८८ जनामा र एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९ सय ५० रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ४२ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५३ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९२.६ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार