थप १६०३ जनामा कोरोना संक्रमण , २७ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७६ आरटी पिसिआर र ३ हजार २ सय ५६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा १ हजार ६ सय ३ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४४ हजार ६ सय २२ जनामा र एन्टिजेन विधिबाट ३८ हजार १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २७ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार २ सय २५ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५२ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९ हजार २ सय १८ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.५ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार