थप २६२२ जनामा कोरोना संक्रमण , २३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ९९ आरटी पिसिआर र ४ हजार २८ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ६ सय २२ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४६ हजार ३ सय ६७ जनामा र एन्टिजेन विधिबाट ३८ हजार ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २३ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ११ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ११ हजार ४ सय २९ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.६ प्रतिशत छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार