छिस्बाङमा खहरे खोलामा आएको बाढीले घर पुरिँदा एक दम्पत्तीको मृत्यु

बेनी । गएराति परेकाे अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आउनुभएका २२ बर्षिय गजिन रोका र उहाँकी श्रीमति १९ बर्षिय बिना रोकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार प्रहरी , जनप्रतिनिधि र स्थानीयले शव निकालेका हुन् । कानुनी प्रकृया पुरा गरेर शव आफन्तलाई बुझाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार