गठबन्धनबाट बाहिरिने केसीको चेतावनी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई एमसिसीको पछि नलाग्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले एमसिसीको विरोध गरेका हुन् । यस्तै, संघीयताको विषयमा पनि उनको विरोध रहेको थियो ।

“जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका छन् । तपाईंहरु एमसिसी कसरी पास गर्ने र संघीयता धरापमा पर्यो मात्रै भन्नुहुन्छ । अनि कसरी जनताले यो गठबन्धनको सरकारलाई विश्वास गर्ने ?” केसीको प्रश्न थियो ।

उनले गठबन्धनले सधैँ संघीयताकै रटान लगाउने र एमसिसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिए । बैठकमा जनमोर्चाबाट अध्यक्ष केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार