श्रीलङ्कामा इनार खन्दा झन्डै १२ अर्बको नीलमणि फेला

काठमाडौं । श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

हल्का नीलो रङ्गको नीलमणि संयोगले फेला परेको हो । श्रीलङ्काको रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडी इनार खन्ने क्रममा उक्त मणि फेला परेको हो । उक्त मणि त्यहीका व्यापारी गामागेको स्वामित्वमा रहेको छ ।

५ सय १० केजी तौल रहेको उक्त मणिको एकैढिक्कामा फेला परेको छ । नीलमणिको मूल्य अहिले १० करोड अमेरिकी डलरसम्म पर्ने विज्ञहरुको भनाइ छ । उक्त मणिको मूल्य नेपाली रुपैयामा झण्डै १२ अर्ब हो । रत्नपुरमा बहुमूल्य मणिहरु भेटिरहने गर्दछ ।

गामागेको बाबुबाजेले पनि रत्नको व्यापार गर्दथे । श्रीलङ्का नीलमणि र अन्य बहुमूल्य रत्नहरुको ठूलो निर्यातकर्ता हो । उक्त रत्न ४० करोड वर्षअघि बनेको विज्ञहरुको अनुमान रहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार