एमालेले पार्टी कार्यालयमा साउन १५ का अवसरमा खीर खुवाउने

काठमाडौं । नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।

उहाँका अनुसार नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको हो ।

त्यसका लागि शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले जानकारी दिनुभयो । नेपाली किसानहरूले असार १५ मा दही चिउरा खाएर रोपाई गर्ने गर्छन् भने रोपाई सकिएर फुर्सद हुने भएपछि साउन १५ मा खीर खाने चलन रही आएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार