पूर्वमाओवादी नेताको रिट निवेदनमाथि आज पनि भएन सुनुवाइ

काठमाडौं । पूर्वमाअ‍ोवादी नेताहरुले आफूमाथिको कारबाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै माग अनुसार पेसी स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुले दल त्याग नगरेको भन्दै सांसद् पदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासमा पेसी राखिएपनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । चार नेतालाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रले पार्टी सदस्यताबाटै बर्खास्त गर्दै सांसद् पदसमेत नरहने गरी कारबाही गरेको थियो । आफूहरु एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारबाही गरेको भन्दै उनीहरुले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार