हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई परिचय पत्र अनिवार्य

सिमकोट । सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ। यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो।

विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रवधान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अन्य विमानस्थलका यस्तो प्रावधान छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार