ओली वादी र प्रतिवादी भएको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वादी रहेको एमालेको भ्याकेट निवेदन प्रधानन्यायाधीशको इजसालमा परेको छ ।

कर्णालीका चार सांसद पुनर्बहालीविरुद्ध सर्वोच्च अदालतमा दिइएको भ्याकेट निवेदन प्रधानन्यायाधीशको इजलासमा परेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वादी र प्रतिवादी भएका दुवै मुद्दामाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको बेन्चमा परेको छ ।

कर्णाली प्रदेशसभाका चार एमाले सांसदले दलको ह्वीप उल्लंघन गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि गरेको कारवाहीका आधारमा पदमुक्त भएकामा प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो । सर्वोच्चले प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मर वहादुर थापालाई पुनर्वहाली गरेको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार