
काठमाडौं । सरकारले विवादै विवादमा मुछिएका डा.जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरीय निर्णय गर्दै डा.गौतमलाई हटाएको हो।
प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखि नै डा.गौतम उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका थिए ।
डा.गौतमले कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि लगाइएको छ ।
डा. गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो । उनलाई थापाथलीमा रहेको प्रसूती तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको छ। नागरिक खबरबाट