राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईको प्रश्न– प्रधानमन्त्रीज्यू के गर्दै हुनुहुन्छ ?

काठमाडौं । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘के गर्दै हुनुहुन्छ’ भनेर प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता भनेको ‘खोप, खोप, खोप’ भने पनि अहिलेसम्म खोप व्यवस्थापन गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले प्रश्न गर्नुभयो , ‘खोइ त प्रधानमन्त्रीज्यू ? खोप चाहियो ।’केपी शर्मा ओली नेतृत्वको सरकारले नै सबै जनतालाई पुग्ने गरी खोपको प्रवन्ध गरेको दाबी गर्दै उनले अरुले नै व्यवस्थापन गरेको खोप पनि यो सरकारले जनतामा व्यवस्थित रुपमा लैजान नसकेको जिकिर गर्नुभयो । ‘यो चिन्ताको कुरा हो,’ उहाँले भन्नुभयो , ‘खोप त होटल र पहुँचवालाको घरमा पुग्न थाले ।’

उहाँले अदालतको ‘गलत’ फैसलाविरुद्ध नेकपा एमालेले संघर्ष जारी राख्‍नसमेत बताउनुभयो । अदालतको परमादेशबाट बनेको हुनाले अहिलेको सरकारलाई ‘परमादेश सरकार’ भनिएको प्रस्ट पार्नुभयो । ‘कसैलाई यसो भन्दा चित्त दुखेछ, हामीले यो सरकारको जन्मस्थानमात्र बताइदिएको हो’ उहाँले भन्नुभयो, ‘संविधानमा अदालतले सरकार बनाउने कुरा कहीँ कतै लेखेको छैन ।’

अदालत दलीय व्यवस्था, संसदीय परिपाटीको खिलाफ गएको उहाँको आरोप थियो । अदालतको गलत फैसलाविरुद्ध नेकपा एमालेले आफ्नो वैचारिक संघर्ष जारी राख्ने उहाँले बताउनुभयो । नेकपा एमाले अहिले पनि देशको सबैभन्दा ठुलो राजनीतिक शक्ति रहेकोतर्फ पनि हेक्का राख्न उहाँले चुनौती दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार