कालिकोटमा विद्युत सर्ट भएर आगलागी हुँदा एक घर नष्ट

कालिकोट । कालिकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः ०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो ।

विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमरराज सिम्खडाले जानकारी दिनुभयो । “घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो”, उहाँले भन्नुभयो, “घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।”

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौं रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खडाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुँडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन् ।” घर जलेर नष्ट भएपछि सहदेवको ६ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार