फेरि माओवादीमै फर्किइन् लुम्बिनीकी सांसद बिमला वली

काठमाडौं । कहिले माओवादी त कहिले एमाले हुँदै फेरि लुम्बिनी प्रदेशका सांसद बिमला वली माओवादीमै फर्किएकी छन् । दुईमहिना अघि माओवादीमै लागेकी वली केही दिनअघि एमालेमा लागेकी थिइन् । आज बिहान माअ‍ोवादीमै फर्किएकी हुन् ।

एमाले नेताहरुको निगरानीमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा रहेकी सांसद बिमला आज बिहानै फरार भई माओवादी सम्पर्कमा पुगेकी हुन् ।

उनी माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएको माओवादीका एक नेताले बताएका छन्। ती नेताका अनुसार उनी मुख्यमन्त्री निवास छाडेर पार्टीको सम्पर्कमा आएकी हुन् । सबैतिरबाट अप्ठ्यारोमा पर्दै गएपछि मुख्यमन्त्री शंकर पोख्रेलले आज राजीनामा दिने सम्भावना बढेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार