सप्तरीमा एक पुरूष मृतावस्थामा फेला

काठमाडौं । सप्तरीमा एक पुरूष मृत फेला परेका छन्। बुधबार बिहान पौने ७ बजे खडक नगरपालिका वडा नम्बर ३ गरुराहा बस्ने ३० वर्षीय श्यामसुन्दर राम मृत फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

उनी कुलोमा घोप्टो परेको अवस्थामा भेटिएका थिए। खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। काफ्लेका अनुसार उनी धेरै मादक पदार्थ सेवन गर्ने गर्थे।

‘घटना अहिलेसम्म शंकास्पद देखिएको छैन। हामीले अनुसन्धान गर्दैछौं,’ उहाँले भन्नुभयो ,’जाडरक्सी धेरै खाने गरेको भन्ने छ। त्यही कारणले मृत्यु भएको हुनसक्ने भन्नेछ।’शव पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार