चोरीका ६ मोटरसाइकलसहित २ जना पक्राउ

संखुवासभा । इलाका प्रहरी कार्यालय, चैनपुरले चोरीका ६ वटा मोटरसाइकल फेला पारेको छ । केही महीनायता नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो आएपछि थालिएको अनुसन्धानका क्रममा ६ मोटरसाइकल फेला पारिएको हो ।

चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ट्राफिक प्रहरीसमेतको सहयोगमा गरिउको अनुसन्धानकाक्रममा मोटरसाइकल चोरीमा संलग्न चैनपुरका २१ वर्षीय सन्देश शेर्पा पनि पक्राउ परेका छन् ।

‘विशेष चेकजाँचका क्रममा सुमन कार्कीले चलाएको बा ९६ पि ३६०२ नम्बरको मोटरसाइकल रोकर जाँच गर्दा च्याचिस नम्बर र इञ्जिन नम्बर मिलेन,’ उहाँले भन्नुभयो, ‘त्यसपछि कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका गर्ने क्रममा उक्त मोटरसाइकल शेर्पाले बेचेको पाइएको थियो ।’उनीबाट अन्य मोटरसाइकलबारे पनि सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार