शैक्षिक परामर्श संघद्धारा शिक्षा ऐन व्यवसायीमैत्री बनाउन प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शैक्षिक परामर्श क्षेत्रमा भएका समस्या समाधान गरिदिन आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले शिक्षा ऐन व्यवसायी मैत्री बनाउन र शैक्षिक परामर्शको क्षेत्रमा रहेका व्यवसायीहरुका समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले समस्या समाधान गर्न समन्वयकारी भूमिका खेल्ने प्रतिवद्धता जनाएको सचिव संघका दीपक कोइरालाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष प्याकुरेलसँगै उपाध्यक्ष निरज सिटौला, महासचिव राकेश श्रेष्ठ, सचिव दीपक कोइराला, कोषाध्यक्ष रमण कोइराला, सदस्यहरु वि।पी शर्मा, विक्रम शर्मा कँडेल र केशव सिंखडाको सहभागिता थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार