लुम्बिनीकी सांसद बिमला वली माओवादीमा सक्रिय, आज पत्रकार सम्मेलन गर्ने

दाङ । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली नेकपा माओवादी केन्द्रमा सक्रिय हुनेहुनुभएको छ। हालै नेकपा एमालेमा सक्रिय रहने विज्ञप्ति जारी गर्नुभएको उहाँले ‘बोली फेर्दै’ माओवादीमै फर्किनुभएको छ।

उहाँ गत निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित हुनुभएको थियो एमाले र एमाओवादी मिलेर नेकपा बने पनि फागुन २३ को सर्वोच्चको फैसलाले यी दुई दल पुनस् अस्तित्वमा आएसँगै वली कहिले एमाले कहिले माओवादीमा सक्रिय हुनुहुन्छ ।

पछिल्लोपटक वली एक सातादेखि सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन। उहाँ माओवादीमा फर्किएको र आज पत्रकार सम्मेलन गरिने माओवादी नेताहरू बताउँछन्। आज बिहान विज्ञप्तिको डाफ्ट तयार पार्ने काम भइरहेको छ।

माओवादी केन्द्रका नेतासमेत रहनुभएका सांसद ईन्द्रजित चौधरीले वली माओवादीमै फर्किएको बताउनुभयो। ‘बिमलाजी हामीसँगै हुनुहुन्छ। उहाँ माओवादीमै हुनुहुन्छ। विज्ञप्ति डाफ्ट गर्दैछौं,’ उहाँले भन्नुभयो, ‘आज दिउँसो १ बजेतिर हामी पत्रकार सम्मेलन पनि गर्छौं, त्यहाँ बिमलाजी पनि उपस्थित हुनुहुन्छ।’

गत साउन १५ देखि विमला सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन। उहाँ उपचारका लागि नेपालगञ्ज जाने भनिएको थियो। साथै गत साउन १९ मा बिमलाको नामबाट एउटा विज्ञप्ति आयो। जसमा उहाँ एमालेमा फर्किएको उल्लेख थियो । यसबीचमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध विपक्षी गठबन्धनका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

आफ्नो पक्षमा बहुमत पुर्‍याउन सत्तारूढ एमाले र विपक्षी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेससहित दलका सांसदहरू थप सांसद आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार