जनकपुर विमानस्थलको फल्स सिलिङ खस्दा एक घाइते

धनुषा । नवनिर्मित जनकपुरधाम विमानस्थलको फल्स सिलिङ खस्दा एक जना युवक घाइते भएका छन् । शुक्रबार जनकपुरधाम विमानस्थलमा फल्स सिलिङमा लागि प्रयोग हुने सिमेन्ट बोर्ड खस्दा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ बस्ने ३९ वर्षीय मो। उसलेन खान घाइते भएका हुन् ।

विमानस्थलको छानामुनि बसिरहेका उसलेनको शरीरमाथि अचानक फल्स सिलिङ खस्दा उनी घाइते भएका छन् । विमानस्थलमा यात्रीको प्रतीक्षामा बसिरहेका उसलेन सवारी चालक रहेको विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिनुभयो । जनकपुरधामस्थित जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । उसलेनको टाउकोमा १५ वटा टाँका लगाइएको छ ।

जनकपुरधाम विमानस्थलको निर्माण कार्य सम्पन्न भएको ६ महिना नबित्दै छाना माथिबाट प्लाई र फलामका ठूल्ठूला छडहरू झर्न थालेका छन् । ४२ करोड रुपैयाँको लागतमा नयाँ प्रविधिमार्फत निर्माण गरिएको कन्ट्रोल टावर केही महिनामै क्षतिग्रस्त हुन थालेको छ । ४ हजार १३४ वर्गमिटरमा फैलिएको नयाँ टर्मिनल भवन पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको थियो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार