काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ ।औद्योगिक क्षेत्रमा रहेको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको हो ।

काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुटको कारखानामा आज बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।आज विहान दुई बजेदेखि आगलागी भएको प्रहरीले जनाएको छ ।

१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।आगलागी नियन्त्रणमा आइनसकेका कारण क्षतिको विवरण प्राप्त हुन सकेको छैन । आगलागीको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार