प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

आज सरकारका साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । सो कार्यक्रम बालुवाटारमा नै हुँदैछ ।साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि प्रधानमन्त्री देउवासँग प्रचण्डको भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रचण्डसित आज बिहान मात्र सिन्धुपाल्चोकका सर्वदलीय नेताहरुले भेट गरी मेलम्ची–हेलम्बू बाढीपहिरो पीडितले भेट गरी समस्या समाधान गरिदिन माग गरेका थिए । साथै प्रचण्डले मनाङमा भएको बाढी पहिरो पीडितका समस्याबारे पनि स्थलगत अवलोकन गरेका थिए । त्यसबारे पनि प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गर्दैछन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार