एमाले नेता योगेश भट्टराईलाई मातृशोक, ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ ।

भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा साउन २३ गते निधन भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको निधनले पार्टीलाई अत्यन्त दुखित बनाएको बताएका छन् ।

आइतबार एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले यस दुखद् घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न योगेश भट्टराई लगायत सबै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार