
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुकुम्बासीलाई जग्गा वितरण गर्न सम्भव नभएको बताउनुभएको छ । उहाँले आज राष्ट्रियसभामा बोल्दै यस्तो बताउनुभएको हो।
उहाँले २०५१ सालदेखि सुकुम्बासीलाई जग्गा वितरण गर्न थालेपनि अहिलेसम्म यो समस्या जिउको तिउ रहेको बताउनुभयो । उहाँले यो अवैज्ञानिक र अव्यवहारिक भएको कारण यो समस्या भएको बताउनुभयो । गौतमले यो समस्या समाधान गर्न सरकारले सबै जग्गा चलन चल्तीको मूल्यमा खरिद गरेर राष्ट्रिय करण गर्ने र सबै नागरिकको बाँस, गाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
उहाँले अहिले सरकारले प्रतिव्यक्ति क्षेत्र अनुसार जग्गा दिने भनिए जसरी जग्गा वितरण गर्न जग्गा नभएको पनि बताउनुभयो । गौतमले यो अवैज्ञानिक र अव्यहारिक प्रणालीलाई खारेज गरेर व्यक्तिको सम्पतिलाई राष्ट्रियकरण गरेर ठूला ठूला उद्योग र कलकारखाना स्थापना गर्दै सबैलाई रोजगारि दिने गरि सरकार अगाडि बढ्नु पर्ने बताउनुभयो । नागरिक खबरबाट