विपदमा परी चार महिनामा १५६ जनाको मृत्यु, ३७ वेपत्ता

काठमाडौं । गत बैशाख महिनायता विपदमा परी १५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरो चट्याङ, आगलागी, डढेलो लगायतका विपदमा परेर २०७८ बैशाख १ गतेदेखि साउन २४ गतेसम्म १५६ को मृत्यु हुनुका साथै ३७ जना वेपत्ता भएका हुन् ।

जसमध्ये पहिरोमा परी ३५, बाढीमा २७, अविरल बर्षाले ८, चट्याङ लागेर ३९, सर्पले डस्दा १२ जनाको ज्यान गएको छ । त्यसैगरी आगलागीबाट १३, डढेलोबाट ३ र हावाहुरीबाट १ जनावरको आक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

सो अवधिमा ३५३ जना मानिस घाइते भएका छन् भने विपदबाट १७ हजार ३७ परिवार प्रभावित भएका छन् । त्यस्तै ८५ करोड ९० लाख ९५ हजार नौ सय ४२ रुपैयाँ अनुमानित क्षती भएको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार