कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा से७प८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार