काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्लाका अध्यक्षहरु पार्टी एकतामा देखिएको अन्यौल चिर्नुपर्नेमा एकमत भएका छन् ।
उनीहरुले पार्टी एकतामा अन्यौल लामो समयसम्म कायम नराख्न भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओली निवासमा भएको भेटका क्रममा अध्यक्ष ओलीले अब छिट्टै अन्यौल च्यातिने बताएको भेटमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
उनकाअनुसार नेकपा एमाले कुनै व्यक्ति विशेषका निम्ति गठन भएको पार्टी हैन भन्दै अध्यक्ष ओलीले जो आन्दोलनमा जनताका निम्ति जोपडन्छन् त्यो नै नेता भएको बताउनुभयो। आन्दोलनलाई धोका दिनेहरु आफैँ सिद्धिने समेत ओलीले बताउनुभएको थियो । नागरिक खबरबाट