बिरामीलाई यौनहिंसा गरेको आरोपमा चिकित्सक पक्राउ

धनकुटा । बिरामीलाई यौनहिंसा गरेको आरोपमा धनकुटा–७ स्थित सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका बिरामीलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार पाख्रीबास नगरपालिकाका बिरामीले आफूलाई शर्माले यौनहिंसा गरेको भन्दै उजुरी दिएका छन् ।

विराटनगर महानगरपालिका–१२ खरैयाका शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट सञ्चालित अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छन् । राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले यौनहिंसा गरेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको प्रहरी प्रवक्ता डीएसपी रायले बताउनुभयो । डा.शर्माले पनि बिरामीले आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएको प्रहरीले जनाएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार