काठमाडौं । नेकपा(एमाले) स्थायी कमिटी बैठक सुरु भएको छ । बैठका ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको हो । स्थायी कमिटी बैठक पछि केन्द्रीय कमिटी बैठक बस्दै छ । केन्द्रीय कमिटी बैठक अपरान्ह तीन बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा विधान संसोधनका लागि कार्यदलले तयार पारेको दस्ताबेजमाथि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादर तामाङले जानकारी दिनुभयो । बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित छ । नागरिक खबरबाट