कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार

काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापा बिदामा बसेसँगै शर्माले आजदेखि कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् । प्रधानसेनापति थापाको तीन वर्षको पदावधि भदौ २४ मा सकिँदै छ । उनले अनिवार्य अवकाश पाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते कामु प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । शर्माले आमागी भदौ २४ गते नेपालको ४४औँ प्रधानसेनापतिको फुलि लगाउने छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार