काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)ले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निकाल्न गरेको निर्णयलाई अद्यावधिक गरेको छ। जसपाको कार्यकारिणी समिति बैठकले ३५ जना कार्यकारिणी सदस्यको मात्रै नाम निर्वाचन आयोगमा पठाएको थियो।
साउन ११ गते आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको कार्यकारिणी समितिको अद्यावधिक गर्न पत्र पठाएका थिए। ठाकुरको पक्षमा रहेका १६ जना अब जसपाको साधारण सदस्यमात्रै रहने भएका छन्।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जसपाको निर्णयलाई अद्यावधिक गरिएको जानकारी दिनुभयो।
दफा-५१ बमोजिम हेरफेर अद्यावधिक गरिएको हो। त्यो सबै नियम अनुसार गरेको हो,’उनले भने,’५१ सदस्यीयमा हटाएर ल्याइएको थियो। अरूको नाम ल्याएनन्।’ सेतोपाटीबाट