नेपालमा थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि ,२२ को मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार  ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ९ जना र ६ हजार १ सय ४९ एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख १७ हजार ४ सय ८६ जनामा र एन्टिजेन विधिबाट ६९ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ८४ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १ सय १५ पुगेको छ भने ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ जना रहेका छन् । जसमध्ये ३२ हजार ९ सय ७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३ सय ८१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ४१ जना आईसीयू र १ सय ८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार