दसैँ आउँदा केटाकेटी रमाए जस्तो सत्ता गठबन्धन हौसिए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरु दसैँ आउँदा केटाकेटी रमाए जसरी हौसिए पनि एक महिना बित्दा पनि सरकार बनाउन नसकेको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्ष नेताका रुपमा प्रतिनिधिसभामा मंगलबार आफ्ना भनाइ राख्ने क्रममा ओलीले यस्तो बताएका हुन् । ‘सत्तारुढ गठबन्धनका नेताहरु दसैँ आए जसरी हौसिएका छन् । दसैँमा केटाकेटी रमाए जसरी रमाएका छन्’, उनले भने, ‘तर एक महिना बित्दा पनि अझै सरकार बनिसकेको छैन । एक महिनासम्म बधाई र धन्यवाद चलेको छ तर सरकार अझै पूरा भएको छैन ।”

उनले सरकारले एक महिनामा ठूलै उपलब्धी गरेको पनि टिप्पणी गरे । ‘सरकारले उपलब्धी गरेको छ । एक महिनासम्म विस्तार नगरे पनि भूमि आयोगको घाँटी सेरिएको छ’, उनले थपे, ‘अझै पनि ममाथि प्रहार भएको देखें, ममाथि प्रहार भइरहेको छ । यस्ता सानातिना गाली गलोजले मलाई फरक पर्दैन ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार