गोरखामा एक वर्षमा २१ बालिका बलात्कारको शिकार

गोरखा । ११ वर्षीया छोरी पटक–पटक आफ्नो बाबुबाट दुई वर्ष यता बलात्कारको शिकार भईन्। डरले उनले यो कुरा घर समाजमा बताउन सकिनन्। गत साउनमा उनको स्वास्थ्यमा गम्भिर समस्या देखियो । चेकजाँचका लागि उनी आफ्नो फुपुको सहायताले काठमाडौं पुगिन्। त्यहाँ पुग्दा उनको पाठेघरमा समस्या भएको पहिचान भयो।

नाबालक उमेरमा त्यस्तो समस्या कसरी भयो भन्नेमा आफन्त र चिकित्सक पनि आश्चर्यमा परे। अन्ततः बालिकाले मुख खोलिन् र भनिन् ‘बुबाले मलाई बलात्कार गर्नुहुन्थ्यो र काकाले पनि।’ यो सुनेपछि छाँगाबाट खसेजस्तो भएकी बालिकाको फुपुले प्रहरीमा बालिकाको बाबु र काका (आफ्नो दाजुभाई) विरुद्ध जाहेरी दिईन ।

बालिकालाई ३७ वर्षीय आफ्नै बुबाले डेढरदुई वर्षदेखि बलात्कार गर्ने गरेको उनले प्रहरीमा बताएकी छिन्। काकाले पनि गत कात्तिक महिनामा उनलाई बलात्कार गरेका थिए। आरोपी दुबै जनालाई गोरखा प्रहरीले पक्राउ गरी जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया थालेको छ । ‘अहिले हामी घटनाको बिस्तृत अनुसन्धान गर्दैछौं,’ डिएसपी प्रकाश दाहालले भने ‘बालिकाले डरले घटनाबारे यसअघि नभनेको देखिन्छ ।’

गोरखाको अजिरकोट गाउँपालिकामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । मदिरा सेवन गरेर बालिकालाई साउन २३ गते घरमा कोही नभएको बेला ती वृद्धले करणी गरेको बालिकाले आमा समक्ष बताईन्। प्रहरीले सोमवार ती वृद्धलाई पक्राउ गरेर जबरजस्ती करणी शीर्षकमा मुद्धा दायर गरी जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको डिएसपी दाहालले बताउनुभयो।

यी एक साता भित्र प्रहरीमा आएका घटना हुन् । आर्थिक वर्ष २०७७/७८ मा २१ जना बालिका जबरजस्ती करणीको शिकार भएका छन् । प्रहरीका अनुसार २८ वटा बलात्कारका मुद्दामा ३० जना पिडक छन् । पीडित १८ वर्ष मुनिका धेरै छन् भने पिडक १८ देखि २५ वर्षका धेरै छन्। जबरजस्ती करणीको घटनामा १८ देखि २५ वर्षका पाँच जना, २६ देखि ३५ वर्षका एकजना र ३६ देखि ४५ वर्षका एक जना रहेका छन्। घटनमा पिडक वा आरोपीहरु भने १८ वर्षमाथिका २० जना छन्।

गोरखामा गत वर्ष बलात्कारको घटना बढेको छ। आर्थिक वर्ष २०७५/७६ मा जबरजस्ती करणीको १५ मुद्दा दर्ता भएको थियो भने ७६/७७मा १३ वटा र ७७/७८ मा २७ वटा दर्ता भएको छ। जबरजस्ती करणी उद्योगको तीन वर्षयताको तथ्यांक हेर्दा पहिलो वर्षसात, दोस्रोमा पाँच र तेस्रो वर्ष नौ वटा मुद्दा दर्ता भएको डिएसपी दाहालले बताउनुभयो । बाल यौन दुरुपयोगको मुद्दा भने पहिलो वर्ष छ, दोस्रो तीन र तेस्रो वर्ष दुईवटा दर्ता भएको छ। प्रहरीले अहिले हिंसा र बलात्कारका घटना बढेको भन्दा पनि बाहिर आउने क्रम बढेको हुन सक्ने बताएको छ। nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार