हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

काठमाडौं । काठमाडौंको गणबहालबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनुभयो ।

काठमाडौं महानगरपालिका–२२ गणबहाल स्थित तनुजको घरमा छापा मारेर प्रहरीले सो रकम बरामद गरेको हो । अरु तिनजना तनुजका सहयोगी हुन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार