८५ तोला चाँदीसहित एकजना पक्राउ

बाँके । भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको ठूलो परिणाममा चाँदीसहित बुधबार साँझ एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। भारतबाट कर छली गरेर ल्याउँदै गरेको ८५ तोला चाँदीका कन्दनसहित मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–६ का कर्माथिले तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

भारतीय बजार रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा नेपालगन्ज–१५ जमुनाहबाट चाँदीसहित तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएपी) मधुसुदन न्यौपानेले जानकारी दिनुभयो।

सीमा नाकामा खटिएका प्रहरी नायक निरीक्षक (सइ) पूर्णबहादुर खत्री नेतृत्वको प्रहरीले चाँदी बरामद र भन्सार छली गर्ने तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रवक्ता न्यौपानेका अनुसार पक्राउ गरिएको चाँदी र तामाङलाई कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ। ‘नाकामा शंकास्पद भएपछि चेकजाँच गरेका थियौं,’ जमुनाह नाकाका सइ खत्रीले भन्नुभयो, ‘कपडाभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी भेटियो।’ साथै बुधबार साँझ नै भन्सार छली गरेर ल्याएको करिब एक लाख ६ हजार बराबरको कपडासमेत प्रहरीले जमुनाहबाट बरामद गरेको छ । nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार