प्रधानमन्त्री देउवा निवासमा कांग्रेस कार्यकर्ताको प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्।

१४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै’सबल कांग्रेसका लागि हाम्रो अभियान’मा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्। पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ताले बिहीबार दिउँसो प्रतिनिधिमुलक रूपमा प्रदर्शन र धर्ना दिएका हुन्।

समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन प्रदर्शन गरिएको नेता रञ्जित कर्णले जानकारी दिनुभयो। समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न पनि उहाँले माग गरेका छन्।

‘कांग्रेसले विधान र संविधानलाई कांग्रेसले पालना गर्नुपर्छ। विधानमा चार वर्षमा महाधिवेशन गर्ने भनेको छ। तर एक वर्ष थपेर संविधानअनुसार छ महिना अझै थप गर्दा पनि महाधिवेशन सुनिश्चित भएन,’ उहाँले भन्नुभयो। उनीहरूले सभापति देउवालाई भेटेर ज्ञापन पत्र पनि बुझाएका छन्।

अर्का नेता दीपक भट्टराईले महाधिवेशन सुनिश्चितताका लागि सभापति देउवाको ध्यानाकर्षण गरिएको बताउनुभयो। विधानअनुसार देउवाको कार्यकाल भदौ २३ मा सकिँदैछ।आज देउवा निवासमा बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन सार्ने तयारी गरेकोमा पनि उनीहरूले विरोध गरेका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार