प्रधानमन्त्री निवासमा प्रदर्शनको तयारीमा लागेका शिक्षक विद्यालयबाटै पक्राउ

काठमाडौँ । आन्दोलनको तयारीमा रहेका शिक्षकलाई विद्यालयभित्रबाट पक्राउ गरिएको छ। नेपाल शिक्षक महासंघको पूर्व घोषित आन्दोलनको क्रममा टंगाल माध्यमिक विद्यालयमा भेला भएका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। उनीहरुलाई प्रहरीले विद्यालयभित्रै पसेर पक्राउ गरेको शिक्षक नेता यम.पि भुसालले बताउनुभयो।

पक्राउ गरिएका शिक्षकहरुमा शंकर अधिकारी, सोमनाग गिरी, मेघनाथ यादव, झंक चौलागाइँ, कुमार बजगाईँ, जमुना कुँवर, अनन्तराम पन्त, पुष्प न्यौपाने, बाबुहरि मरासिनी, भीम पोखरेल, दिवसबाबु पोखरेल, भेषराज शर्मा, डिपी लामिछाने, विना देउजा, राजेन्द्रराज पौडेल, लक्ष्मीकिशोर सुवेदी, यम।पि भुसाल, पूर्णप्रसाद दवाडी, शेरबहादुर अधिकारी, राजन अम्गाइ, छायाँ रेग्मी, बासुदेव खनाल, कमाल दिन मिया, रामप्रसाद रिमाल, सहदेव साखकर्मीलगायत छन्।

पूर्व घोषित कार्यक्रम अनुसार शिक्षकहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए। विभिन्न ३४ वुँदे मागहरु राखी आन्दोलनमा रहेका शिक्षकहरुको चौथो चरणको अन्तिम कार्यक्रमको क्रममा प्रहरीले पक्राउ गरिएको नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका भुसालले बताउनुभयो।

उनले शिक्षकहरुका मागहरु सम्बाधनका लागि प्रदर्शनको तयारीका क्रममा रहेका शिक्षकलाई विद्यालय हाताबाटै नियन्त्रणका लिनु निन्दनीय भएको बताउँदै करिब एकसय ५० शिक्षकलाई धरपकड गरिएको बताए। शिक्षक महासंघले ३४ सुत्रीय माग राखी आन्दोलन गरिरहेको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार