गण्डकीमा आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग

काठमाडौं । गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली काँग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् ।

काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भन्नुभयो, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्पर्धा हुने हो । गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ ।’

अध्यक्ष प्रचण्डको दस्तावेजमाथि गण्डकी प्रदेशका १६ जना नेताहरुको समूहगत छलफलबाट प्राप्त निश्कर्षहरु बैठकमा राख्दै पाण्डेले भन्नुभयो, ‘जनयुद्धको भूमिकाबारे जोड पुगेको छैन, जोड दिनुपर्यो । वाम एकता र संयुक्त मोर्चाबारे कुरा त आएको छ, तर अलि स्पष्ट रुपमा आउनुपर्यो । जनताको जनवादबारे के हो ? स्पष्ट हुनुपर्यो ।

रिपोटिङका क्रममा पाण्डेले पुराना नेताहरु कहिलेसम्म केन्द्रीय सदस्य भएर बसिरहने भन्दै नयाँलाई ठाउँ दिइनुपर्ने बताउनुभयो । पार्टी नेता अम्बरबहादुर गुरुङ कोभिड संक्रमणका कारण बैठकमा सहभागी हुन नपाएको पाण्डेले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार