अफगानिस्तानमा रहेका नेपालीको उद्वार प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् ।

सोमबार विहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताउनुभयो ।

सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको प्रधानमन्त्री देउवाको भनाइ छ । सजगता र गम्भीरतापूर्वक सरकारले अभिभावकत्व जिम्मेवारी निभाउने उहाँले बताउनुभयो ।

अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु।

सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो िसजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।
— Sher Bahadur Deuba @SherBDeuba) August 16, 2021

रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार