
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा हालेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतको न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने गरी प्रधानन्यायाधीशले मुद्दाको पेसी तोकेका छन् ।
शाक्यले सोमबार वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । सरकारले शाक्यो स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्नु गैरकानुनी भएको उनको जिकिर छ ।
रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान संवत् अधिकार हनन भएको’ दाबी गरेका छन् ।
साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै कुलमानले सोही दिन पदवहाली गरेका थिए । नागरिक खबरबाट