
काठमाडौँ । अवैधानिक रूपमा कारबाही गरिएको भनि पठाएको पत्रमा कुनै कारबाही नगर्ने व्यवस्था मिलाई पाँउ भन्दै नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्यले लिखित निवेदन दिएका छन्।
आफूहरूमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगर्न माग गर्दै माधव नेपाल संसद सचिवालयलाई पत्र पठाएका हुन्। अर्याल होटलमा बसेको अनौपचारिक बैठकपछि नेपालसहित १४ जना आफूहरूमाथिको कारवाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको लिखित दावी गरेका हुन्।
भदौ १ गते नेकपा एमाले संघीय संसदिय दलको कार्यालयले संघीय संसद सचिवायललाई लेखेको पत्र अवैधानिक र दुराशयपुर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारवाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन उनीहरूले अनुरोध गरेका छन्। सेतोपाटीबाट