
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणी पौडेलले राजीनामा दिएका छन् । बुधबार उनको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेतृ चुनिएकी छन् ।
एमाले स्रोतका अनुसार अब उनी बागमती प्रदेशको मुख्यमन्त्री बन्नेछिन् । एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन् ।नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन् । नागरिक खबरबाट