शाक्य बनिन् पहिलो महिला मुख्यमन्त्री

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । बागमति प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी शाक्यले बुधबार सपथ लिनुभएको छ । उहाँ विगतमा माधव नेपाल समूहमा हुनुहुन्थ्यो । माधव नेपालले पार्टी फुटाएर नयाँ दर्ता गरेपछि उहाँले नेपाल समूह त्याग्नुभएको थियो ।

मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमत प्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गर्नुभएको छ । उहाँले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गर्नुभएको हो ।

सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका हुनुहुन्थ्यो । उहाँलाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार