चीनबाट ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ। गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो।

उनकाअनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने उहाँले बताउनुभयो। यो खोप सरकारले खरिद गरि ल्याएको थापाले बताए। ‘भेरोसेलको पहिलो डोज लगाएर बसेकाहरूलाई यो खोप दिइनेछ,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार