प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । उनको नियुक्ति एक साताअघि भएपनि आन्तरिक विवादका कारण उनको नियुक्ति भर्खर सार्वजनिक गरिएको हो । उनलाई भानुले अनौपचारिक रुपमा देउवाको प्रमुख स्वकीय सचिवकै भूमिकामा जिम्मेवारी निर्वाह गरेपनि औपचारिक रुपमा नियुक्ति गरिएको थिएन ।

प्रधानमन्त्री पत्नी डा। आरुजु देउवा भने प्रकाश देउवालाई प्रमुख स्वकीय सचिव बनाउनुपर्ने पक्षमा थिए । तर, यसअघिदेखि नै भानुले शेरबहादुर देउवाको स्वकीयको काम गर्दै आएकाले पनि प्रधानमन्त्री भने भानुलाई नै प्रमुख स्वकीय बनाउने पक्षमा थिए ।

‘नियुक्तिपत्र नबुझे पनि प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवको काम भानुजीले नै गर्दै आउनुभएको हो । हप्तादिन अघि प्रधानमन्त्रीले उहाँलाई औपचारिक रुपमा नियुक्त गर्नुभएको हो,’ बालुवाटार स्रोतले भन्यो ।

देउवा यसअघि प्रधानमन्त्री हुँदा पनि भानु नै प्रमुख स्वकीय सचिव रहेका थिए । मन्त्रिपरिषदलाई पूर्णता दिन भने अझै केही समय लाग्ने बताइएको छ । प्रधानमन्त्रीका सल्लाहकारहरुको नियुक्ति भने मन्त्रिपरिषद विस्तारपछि मात्रै हुने जनाइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार